International

पाकिस्तानमा इस्लामिक लडाकु समुह हिज्बुल मुजाहिदीनका नेतामाथि कारबाहीको दबाब

इस्लामावाद । विश्व आतंकवादी गतिबिधि निगरानी राख्ने निकाय फाफ्टले पाकिस्तानलाई खैरो सुचीमा राखेपछि इस्लामिक लडाकु समुह हिज्बुल मुजाहिदीनको नेतामाथि कारबाहीको दबाब छ ।

फाफ्टले आतंकवादी गतिबिधिमाथि कारबाही गर्न पाकिस्तान असफल रहेको भन्दै खैरो सुचीमा राखेपछि लडाकु समुह हिज्बुल मुजाहिदीनका नेता सएद सलाहुदीनमाथि कारबाहीको दबाब बढेको हो । खैरो सुचीमा परेपछि पाकिस्तानले लडाकु नेता सलाहुदीनमाथि कारबाही गर्नुपर्ने दबाब सिर्जना भएको छ । पाकिस्तानले आतंकवाद गतिबिधि गर्नेमाथि वित्तिय प्रतिबन्ध लगाउनुपर्ने तथा आतंकवादीलाई वित्तिय सहयोगमाथि अनुसन्धान गर्नुपर्ने फाफ्टले निर्देन गरेको थियो ।

सन् २०१७ मा अमेरिकी विदेश मन्त्रालयले मोहम्मद युसुफ साह (सएद सलाहुदीन) लाई कार्यकारी आदेश १३२२४ को १ बी धारा अन्तर्गत विश्व आतंकवादीको सुचीमा राखेको थियो । जस अन्तर्गत अमेरिकी आन्तरिक सुरक्षा, अर्थतन्त्र, विदेश नीतिमाथि खतरा पुराउने गतिबिधि गर्नेमाथि प्रतिबन्ध लगाउने नियम छ । यसले हिज्बुल नेता सलाहुदीन सँग कुनै प्रकारको आर्थिक कारोबार, समबन्ध कायम गर्न अमेरिकी नागरिकमाथि रोक लागाइएको छ । काश्मीर क्षेत्रमा सक्रिय गतिबिधि गर्ने हिज्बुल मुजाहिदीनका नेता सलाहुदीनलाई पाकिस्तानी सेना तथा गुप्तचर संस्था आईएसआईको संरक्षण रहेको बताईन्छ । हाल सम्म, सलाहुदीनको नेतृत्वमा हिज्बुल मुजाहिदीन लडाकु समुहले विभिन्न आक्रमणहरुको जिम्मा लिएको छ । स्रोत जी फाईभ

Related Articles

Back to top button