Health

अमला खानुका यस्ता ९ अचुक फाइदाहरू

अमलामा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ । यो प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल पनि हो । अमलाको नियमित सेवनले आँखाको ज्योति बढाउँछ, दिमाग तेजिलो बनाउँछ र छालाका विभिन्न समस्याबाट टाढा राख्छ । आउनुहोस् जानौं यस्ता छन् अमलाका अन्य फाइदाः

१. अमलामा पानीको मात्रा बढि हुने भएकाले पिसाबसम्बन्धी समस्याबाट छुटकारा गराउँछ ।

२. अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान सक्छ ।

३. अमलाले रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ । अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायत विभिन्न पोषक तत्व हुन्छन् । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

४. अमला कपालका लागि पनि अति नै फाइदाजनक छ । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । यति मात्रै होइन, कपाल टुक्रनबाट पनि बचाउँछ ।

५. अमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।

६. अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ ।

७. अमलाले ब्लडसुगर नियन्त्रण गर्छ ।

८. अमला खाँदा कब्जियत, अपच, डायरियाजस्ता समस्या हटेर जान्छ

९. यसको नियमित सेवनले स्फूर्त राख्छ । मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउँछ ।

थप जानकारीकाे लागि तल पढ्नुहाेस् :

यस्तो छ प्याजको औषधीय महत्व

प्याज तरकारी/सब्जी आदिमा मसलाको रूपमा प्रयोग गरिने फल हो, जुन माटोमा फल्छ । प्रायः नेपालको सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ ।

देखिन साधारण जस्तो देखिए पनि सबै तरकारीमा मिल्ने तरकारी मात्र नभै यसको बेजोड औषधीय गुण पनि रहेको छ । प्याजलाई काँचै वा पकाएर यसको रस निकालेर जसरी पनि सेवन गर्न सकिन्छ । यस्ता छन् प्याजका अनेकन औषधीय गुणहरुः

— प्याजको पाटीलाई काटेर २/३ टुक्राको दरले मनतातो पानीसँग खानाले एक महिनाभित्र पित्त पत्थरी, पित्तविकारलाई ठीक गर्छ ।

— यसले खाना पचाउने, भोकलाई जगाउँछ, रक्तअल्पता र अग्निमन्दमा अत्यन्त हित गर्छ ।

— मानसिक रोग हटाउँछ भने शक्ति बढाउँछ ।

— रक्तअल्पता र अग्निमन्दमा औषधिको पनि काम गर्छ ।

— ३/४ ओटा प्याजको रस ४/५ पटक पिउँदा दन्त अंश, पेट अर्श, गर्मी पखाला, हैजा, लू, उदरशूल, श्वेतप्रदर, सुख्खा खोकी जस्ता समस्यालाई पनि निको गर्छ ।

Related Articles

Back to top button