आज २०७७ चैत्र २५ गते बुधवारको राशिफल
आज २०७७ चैत्र २५ गते बुधवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।
मेष
आज वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ । स्वादिष्ट भोजन पाईनेछ ।
मिथुन
आज आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा दुविधा पनि उत्पन्न हुनसक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
सिंह
मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।
तुला
आज वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला । चिताएको कामले तीव्रता लिनेछ ।
धनु
आज विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।
कुम्भ
आज घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
बृष
आज आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कर्कट
आज नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
कन्या
आज मनोरञ्जनमा सहभागी भइएला । रोकिएको धन हात पर्नेछ, तर साँझमा पैशा खर्च हुने योगछ ।स्थान परिवर्तनका विशेष योग देखिन्छन् ।
बृश्चिक
आज साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ ।
मकर
आज सामाजिक कार्यमा सफलता मिल्नेछ । शेयरबाजारको कारोबारबाट लाभ पनि मिल्नेछ । घुमघाम र सफल भ्रमणमा दिन बित्नेछ ।
मीन
आज चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।