Intresting

के तपाइँलाई सेक्सको लतमा त लाग्नु भएको छैन ? हेर्नुहोस् यस्ता छन् लक्षण

अष्ट्रेलियाको सिड्नीमा कार्यरत सेक्सोलोजिष्ट तान्या कोयन्सले सेक्स एडिक्सनलाई व्यक्तिगत जीवनमा हानी गर्ने र पढाई वा कामलाई समेत बाधा गर्ने स्तरको यौन चाहानाको रुपमा व्याख्खा गर्छन् ।

चिकित्सकहरुले केहि लक्षण विचार गरेर यौन दुरव्यसनी भए नभएको पत्ता लगाउन सकिने बताएका छन् । यदि तपाइँमा पनि तल उल्लेखित समस्या छन् भने सम्झनुस् तपाइँलाई पनि सेक्स एडिक्सनको समस्या छ ।

यस्ता छन् सेक्स एडिक्सनका लक्षणहरु :

– यौनजन्य बिचार वा व्यवहार नियन्त्रण गर्न बारम्बार प्रयास गर्दा पनि सक्नु हुन्न वा असफल भैरहनु भएको छ भने पनि यो सेक्स एडिक्सनको लक्षण हो ।

– अरुको मनस्थिति वा आफ्नै समेत शारीरिक वा भावनात्मक अवस्था ख्याल नगरी जतिबेला पनि यौनजन्य गतिवधि गर्न खोज्नु हुन्छ भने यो पनि एक समस्या हो ।

– इज्जतको समेत ख्याल नगरेर यौनिक क्रियाकलापमा उत्रिन थाल्नु भो भने सम्झिनुस् तपाइँ सेक्स एडिक्ट हो ।

– सेक्सको क्षमता होस् या नहोस् जतिबेला पनि दिमागमा सेक्स सम्बन्धी बिचार आउनु वा यस्ता गतिविधिका लागि सदैव तयार रहनु सेक्स एडिक्सनको लक्षण हो ।

– तपाइँ निराश भएको बेला, तनाव हुँदा वा दिक्क लाग्दा सेक्स बारे कल्पना गर्नु हुन्छ वा त्यसका लागि कदम नै चाल्नु हुन्छ भने यो सेक्स एडिक्सनको संकेत हो ।

– महत्वपूर्ण काम गरिरहेको समयमा वा परीक्षाका लागि पढिरहेको समयमा समेत यौनजन्य बिचारले दुःख दिन्छन् वा यौन जन्य गतिविधि गर्नु हुन्छ भने यो पनि त्यसकै लक्षण हो । जुन कुरा यौनसम्बन्धि छैन त्यसमा समेत यौनिक विषय जोड्ने मनस्थितिमा पुग्नुलाई सेक्स एडिक्सन भनिन्छ ।

– यदि तपाइँ अपरिचित व्यक्तिसँग पनि यौनजन्य गतिविधी गर्न वा पैसा तिर्न समेत तयार हुनु भने पनि सम्झिनुस् तपाइँमा समस्या छ । निकटसँग यौनजन्य व्यवहार स्वभाविक हो तर अपरिचितसँग पनि उस्तै बिचार आउन थाल्नु सेक्स एडिक्सनको संकेत हो ।

Related Articles

Back to top button