News

सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराउने कोशी यातायात प्रा.ली ईटहरीका संचालक समितिका सदस्य पक्राउ

सुनसरी, २०७७ चैत्र २३ गते
सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर-१२ का जीवन खनाल र सोही स्थानका ३३ बर्षीय नेत्र प्रसाद पाठक रहेका छन । पक्राउ परेका यी दुबै जना कोशी यातायात प्रा.ली. ईटहरीका संचालक समितिका सदस्य रहेको खुल्न आएको छ ।

यही चैत्र १२ गते सुनसरी कोशी-८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ईलाम ८ तिल्केनीका मेख बहादुर राई सख्त घाईते भएकोमा उनको बिराट नर्सिङहोममा चैत्र १३ गते उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना पश्चात तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रा.ली. ईटहरीका संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादले सिरहा लाहान- ८ घर भई बिराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनि उपस्थित गराएका थिए ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनि माथी अनुसन्धान गर्ने क्रममा गुप्ताले आफु दुर्घटना भएको बसको चालक नभएको र मलाई ५० हजार रुपैया दिने र सम्मानित अदालतबाट छुटकारा समेत दिलाई दिने भनि आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको जानकारी गराएसंगै घटनाको यथार्त पर्दाफास भएको हो ।

यसरी झुक्यानमा पारी नक्कली चालक उपस्थित गराएको पाईएपछी यातायात प्रा.ली.का संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादलाई पक्राउ गरी सार्बजनिक गरिएको हो । पिडित पक्षलाई क्रियाखर्च क्षतिपुर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेबार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरि बास्तबिक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधीहरु र नक्कली चालक उपर समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनिहरु उपर कानुनी कारबाही प्रकृया अगाडी बढाईऐको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Related Articles

Back to top button