News

आज कति थपिए देशमा कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?

२४ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ।

मंगलबार ११३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।

Related Articles

Back to top button