Video

संसार नै रुवाउने दुर्गा दमाईको जिन्दगी,६ सन्तानकी आमा,१५ बर्षिया नानुले परिवार पाल्दै (हेर्नुस भिडियो)

अंकित उप्रेती,टिकापुर
कैलालीको चिसापानी की दुर्गा दमाई तथा उनको ६ वटा सन्तानको अवस्था निकै नै कष्टकर रहेको छ । श्रिमान भारतमा प्यारालाईसिस भएर थला परे पछि दुर्गाको अवस्था निकै नै दैनिय भएको हो । साहूको ऋण तिर्न स–परिवार ४ बर्ष पहिले भारत पुगेका थिए । एकाक्सी श्रिमानलाई प्यारालाईसिस भएपछि त्याहाँ बस्न असहज भएपछि पुन अहिले चिसापानी बस्दै आईरहेकी छिन दुर्गा ।

दुर्गालाई अहिले कसरी बालबच्चा पाल्ने भन्ने पिरलो छ । अहिले उनि संग पाचँ वटि छोरीहरु छिन् भने एउटा छोरा श्रिमान संगै भारतमा बस्छन । भारतमा छोराले भारी बोकी बुवालाई हेरीरहेको र यता घरको पुरै खर्च १५ बर्षिया छोरीले हेरीरहेको दुर्गा बताउँछिन । साहुको ५/६ लाख ऋण तिर्न बाकि रहेको, साहुहरु आउदै गाली गर्ने गरेको उनि बताउछिन । दुर्गाकी छोरीले चिसापानी बजारमा आवतजावत हुने सवारीसाधनहरुमा पानि मिनरल वाटर बेच्ने गर्दछिन । एक बोतल पानी बेचे वापत ५ रुपैया पाउने गर्छिन उनि ।

एउटि सानि छोरीको कमाईले खान लाउनलाई पुग्दैन,कसरी साहुको ऋण तिर्नु, छोरा छोरीहरु नभएको भए आत्महत्या गर्थे होला । उनि भन्छिन ।
सक्नुहुन्छ सहयोग गर्नुहोला,सक्नुहुन्न भने सेयर गर्नुहोला ।
हेर्नुस भिडियो–

 

Related Articles

Back to top button