News
इलाम रोङ गाउँपालिका-३ मार्से कि ४८ वर्षीया मनमाया राईको आगोले जलेर मृत्यु भएको छ।
इलाम रोङ गाउँपालिका-३ मार्से कि ४८ वर्षीया मनमाया राईको आगोले जलेर मृत्यु भएको छ।
सोमबार बिहान ११ बजे भान्सा कोठामा चिया लिन जाँदा चुलोमा सल्किएकी थिइन्।गाईको खोले पकाउने चुलोमा उनले लगाएको कटनको कपडामा आगो सल्किएको प्रहरीले जनाएको छ।शरीरका विभिन्न भाग जलेर घाइते भएकी उनलाई विर्तासिटी अस्पताल विर्तामोड झापा लगिएको थियो।
सो अस्पतालमा उपचार हुन नसकेपछि रातिको थप उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएकोमा उनको राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।