News

कुलमान गएपछि बढ्यो विद्युत चुहावट

काठमाडौँ, २४ चैत । सुख्खायाम लागेसँगै विद्युत उत्पादन घटेको छ । तर, यसका बाबजुत हुकिङ तथा बाइपास गरेर बिद्युत चोरी गर्ने क्रम भने बढेको छ ।

विद्युत चोरी बढेको थाहा पाए पनि कोरोनलाई कारण बनाएर प्राधिकरणले प्रभावकारी कदम चालेको छैन ।खासगरी प्रदेश दुई र वाग्मती प्रदेशमा यतिखेर चुहावट बढेको हो ।

जनकपुर वितरण केन्द्रअन्तर्गत बारा, पर्सा, सप्तरी र सर्लाहीमा चुहावट बढेको विद्युत प्राधिकरणले जनाएको छ । प्रदेश २ मा एक वर्षअघि चुहावट १५ प्रतिशत थियो । अहिले बढेर १६ प्रतिशत पुगेको छ ।

त्यस्तै बागमती प्रदेशको चुहावट ७ प्रतिशतबाट बढेर आठ प्रतिशत पुगेको छ । यो प्रदेशमा खासगरी भक्तपुर र ललितपुरमा चुहावट बढेको हो । चोरी बढेको थाहा पाए पनि प्राधिकरणले कोरोनाको बहाना पारेर प्रभावकारी कदम भने चालेको छैन । यसरि नै विद्युत चुहावट कायम नै रहने हो भने प्रदेश २ मा मात्रै प्राधिकरणलाई ७० करोड रुपैयाको क्षति हुने अनुमान गरिएको छ ।

असारसम्म प्राधिकरणको चुहावट १० दशमलव २८ प्रतिशत थियो । माघ मसान्तमा बढेर ११ दशमलव २८ प्रतिशत पुगेको छ । जबकि चुहावट ८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य थियो । ट्रान्समिसन लाइन तथा ट्रान्सर्फमर गुणस्तरीय नहुदा पनि चुहावट बढ्छ । प्राधिकरणले अहिले ट्रान्समिसन लाइन र ट्रान्सर्फर फेर्ने काम गरिरहेको छ । स्मार्ट मिटर जडानलाई तिब्रता दिए त्यसले चुहावट रोकथाममा सहयोग पुग्ने जानकारहरुको भनाइ छ ।

Related Articles

Back to top button