International

बलिउड चर्चित नायक अक्षय कुमारको फोक्सोमा देखियो गम्भिर समस्या,अस्पतालको आकस्मिक कक्षमा भर्ना

काठमाडौं– बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन् । भारतिय मिडियाका अनुसार उनी पवइको हिरानन्दानी अस्पतालमा भर्ना भएका छन् । उनमा केही दिन अघि कोरोना देखिएको थियो । अक्षयले सामाजिक संजालमा आफ्नो कोभिड रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका थिए ।

अब भने स्वास्थमा समस्या बढ्दै गएपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । चलचित्र ‘राम सेतु’को छायांकनका क्रममा अक्षयलाई कोरोना देखिएको थियो । चलचित्रको निर्माण टिमले छायांकन अगाडि बढाउने तयारी समेत गरिएको थियो । तर, चलचित्रका ४५ जना कलाकारलाई समेत कोरोना पोजिटिभ देखिएको बताइएको छ ।

पहिलो चरणको कोरोना लहरका क्रममा धेरै बलिउडकर्मीलाई यसको असर नदेखिएपछि दोस्रो चरणको कोरोनाले भने धेरै कलाकारलाई असर गरेको छ । यसले कोरोनाको लहरमा धेरै बलिउडकर्मी यसको चपेटामा परेका छन् ।

Related Articles

Back to top button