Health

गर्मी मौसममा आँखाको हेरचाह यसरी गर्नूस् !

मानव शरीरको विभिन्न अंगहरु मध्ये आँखा एक महत्वपूर्ण संवेदनशिल अंग हो । हुनत मानव शरीरको सम्पूर्ण अंगहरुको आ-आफ्नै महत्व रहेको छ । जस मध्ये आँखा पनि एक हो । जसलाई अत्याधिक रुपमा ध्यान दिनु आवश्यक हुन्छ । पछिल्लो समय वायुमण्डमा परिवर्तन आएसँगै आँखामा विभिन्न प्रकारका समस्याहरु देखा पर्ने गरेको छ ।

अहिलेको विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, वायुमण्डलमा बढेदै गएको वायुप्रदुषण बढ्दो फोहोर मैला, धुवा, धूलोको कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्दछ । गर्मी मौसमको समयमा आँखा चिलाउँने, रातो हुने, पोल्ने, पाक्ने जस्ता समस्या देखिनछन् । तसर्थ समयमा नै ख्याल नगरेमा आँखाको दृष्टि नै गुम्न सक्छ ।

आँखाको हेरचाह गर्न यसो गर्नुहोस् ।

-कचेरा आएमा आँखालाई हातले नछुने

-आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने

-आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।

-गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने

-आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने

-आँखाममा जथाभावी औषधि नराख्ने

-आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने

-आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने

-आँखा सुक्खा भएमा चिकित्सकको सल्लाह बमोजिम औषधि मात्र प्रयोग गर्ने

-आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने

Related Articles

Back to top button