News

भर्खरै गएको भूकम्प ५.४ म्याग्निच्यूडको, केन्द्र विन्दु कहाँ ?

काठमाडौं । भर्खरै महशुश गरिएको भूकम्प ५.४ म्याग्निच्यूडको रहेको बताएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस गरिएको बताएको छ । भूकम्प भारतको ग्यान्टोक (पूर्वी सिक्किम) भएको जनाइएको छ।

साथै कालिम्पोङ, दार्जिलिङ, सिलिगुरी, जलपाइगुढी, भुटानलगायत क्षेत्रमा यसको धक्का महसुस भएको छ। सोमबार राती ९ः०५ बजे भूकम्पको धक्का महशुर गरिएको हो । सो भूकम्पको धक्का राजधनीमा समेत महशुस गरिएको थियो । सुनसरी, मोरङ, भोजपुर, खोटाङ सङ्खुवासभासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।

भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ । पूर्वमा भने करिव एक मिनेटसम्म हल्लाएको स्थानीयबासीहरुले बताएका छन् । भुकम्पका कारण स्थानीयहरु त्रसित भएर घर बाहिर निस्किएका छन् ।

Breaking: भर्खरै काठमान्डौमा भूकम्पको धक्का महशुस काठमाडौं- काठमाडौं । भर्खरै महशुश गरिएको भूकम्प ५.४ म्याग्निच्यूडको रहेको बताएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस गरिएको बताएको छ । भूकम्प भारतको ग्यान्टोक (पूर्वी सिक्किम) भएको जनाइएको छ।

साथै कालिम्पोङ, दार्जिलिङ, सिलिगुरी, जलपाइगुढी, भुटानलगायत क्षेत्रमा यसको धक्का महसुस भएको छ। सोमबार राती ९ः०५ बजे भूकम्पको धक्का महशुर गरिएको हो । सो भूकम्पको धक्का राजधनीमा समेत महशुस गरिएको थियो । ओखलढुंगा, सुनसरी, मोरङ, भोजपुर, खोटाङ सङ्खुवासभासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।

भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ । पूर्वमा भने करिव एक मिनेटसम्म हल्लाएको स्थानीयबासीहरुले बताएका छन् । भुकम्पका कारण स्थानीयहरु त्रसित भएर घर बाहिर निस्किएका छन् ।केन्द्रबिन्दु नेपाल-भारत सीमा नजिक भएकोले नेपालको पूर्वी भागमा भूकम्पको ठुलो धक्का महशुस भएको हो ।

थप समाचार – काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिकोले पछिल्लो समय कोरोना बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ । एन्टिेजन टेष्ट गर्दा नतिजा नेगेटिभ आए र व्यक्तिमा लक्षण देखिएमा तीन व्यक्तिहरुलाई पिसिआर परीक्षण गर्न पठाउने पनि निर्णय भएको छ ।

त्यस्तै, यसअघि अस्तित्वमा रहेका आईसोलेशन र क्वारेन्टिन सेन्टरलाई अद्यावधिक राख्ने पनि निर्णय भएको छ ।पछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोना पुष्टि भएको छ। ४५ सय३६ नमूनाको पीसीआर परीक्षणमा २६६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Related Articles

Back to top button