Video

ए मेरो हजुर ४’ छायाँकनको क्रममा अनमोल विरामी भएको भिडियो लिक भएपछि (भिडियो हेर्नुस्)

सामाजिक सञ्जालमा अहिले अभिनेता अनमोल केसी विरामी भएको एउटा दृष्य भाइरल बनाइएको छ । खासगरी टिकटकमा सो भिडियो भाइरल छ । चलचित्र ‘ए मेरो हजुर ४’ को छायाँकनका क्रममा खिचिएको सो भिडियो लिक भएपछि निर्माता सुनिल कुमार थापा हैरान भएका छन् । उनले चलचित्रको क्वाइमेक्स सिन नै सामाजिक सञ्जालमा भाइरल भएको भन्दै दुख पाखेका छन् ।

आफ्नै स्टुडियो नभएका कारण सार्वजनिक स्थलमा छायाँकन गर्नुपर्ने बाध्यताका कारण चलचित्र निर्माताहरुले यस्तो हैरानी भोग्नुपरेको हो । फिल्मको मुख्य कुरा नै निर्माण सम्पन्न हुनुपूर्व नै भाइरल भैदिएपछि निर्माताले घाटा सहनु परेको छ । केही साता अगाडि सिंहदरबार अगाडि चलचित्रको छायाँकन गर्दा पनि उनले यस्तै हैरानी भोगेका थिए । सो दृष्य पनि टिकटकमा भाइरल भएको थियो । नायक अनमोल केसी र नायिका सुहाना थापाविचको त्यो दृश्य अहिले टिकटकमा देख्न सकिन्छ ।

हाल यो चलचित्रको क्लाइमेक्स र प्रि–क्लाइमेक्सको दृश्य काठमाडौंको विभिन्न अस्पतालमा भैरहेको छ । तर निर्माताहरु छायाँकनको दृष्य लुकाउन असफल भए । ग्रान्डी अस्पतालमा भएको चलचित्रको क्लाइमेक्स सिन अहिले टिकटकमा भाइरल भएको छ । नायक अनमोल केसी विरामी परेपछिको दृश्य टिकटकमा भाइरल भएको हो । निर्माताले भिडियो लिक नहोस भनेर डेढ दर्जन प्राविधिक काममा खटाएका थिए । तर पनि कसले कहाँवाट भाइरल बनाइदियो उनले पत्तै पाएनन् ।

अहिले झरनाको ब्यानरले ए मेरो हजुर ४ निर्माण गरिरहेको छ । त्यसका लागि यो समुह से फोक्सुण्डो ताल पुगेको छ । यसको टाइटल गीत छायांकनका लागि गरिएको मेहनत पनि प्रशंसायोग्य छ । चलचित्र छायांकनका लागि आवश्यक पर्ने सामग्री घोडा, खच्चडलाई बोकाएर लगिएको छ भने कलाकारहरु पनि पैदल यात्रामा त्यहाँ पुगेका छन् । त्यहाँको वातावरण निकै चिसो र सिरेटो चल्ने खालको छ ।

यस अघि पनि हिउँले ढाकिएको ठाउँमा पुगेर झरनाकी छोरी सुहाना र भुवक केसीका छोरा अनमोलले निकै मेहनत साथ फिल्मको छायांकन गरेका थिए । त्यसको भिडियो सार्वजनिक भएको थियो । ए मेरो हजुरको टाइटल गीत हिउँमा छायाँकन गरिएको थियो । अहिले पनि त्यस्तै मेहनत गरेर फिल्मको गीत छायांकन गरिएको छ ।

चिसो यति थियो की एक सिनको छायांकन सकिए पछि अनमोल र सुहानालाई फिल्म निर्माताले एउटै कम्बल ओढाउने गरेका थिए । मुटु कमाउने जाडो र सिरेटोमा निकै पातलो लुगा लगाएर छायांकन गरिएको देखिन्छ । झरना र भुवनले आफ्ना छोरा छोरीलाई फिल्मको लागि निकै मेहनत गर्न अभिप्रेरित गरेको देखिन्छ ।

 

Related Articles

Back to top button