News

प्रदेश २ : धनुषामा ६ वटा सालको गोलियासहित टयाक्टर प्रहरी नियन्त्रणमा

धनुषा। धनुषामा सालको काठसहित एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिका–८ कुसुमविछौनाबाट ६ थान सालको गोलिया काठ सहित ज १ त २३७० नम्बरको टयाक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

शनिबार राति करिब साढे १० बजेको समयमा मिथिला नगरपालिका वडा नम्बर–८ कुसुमविछौनाबाट विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी टोलीले टयाक्टरसहित काठ नियन्त्रणमा लिइएको ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।

नियन्त्रणमा लिएको उक्त काठ इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ भने वन कार्यालयलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button