News

कोरोनाको कारण पूर्व सेनापति राणाको नि,ध,न

पूर्व प्रधानसेनापति महारथी अर्जुननर्सिङ्ग राणाको ९१ बर्षको उमेरमा आज बेलुका सैन्य अस्पताल छाउनीमा नि×धन भएको छ। सैनिक जनसम्पर्क निर्देशनालय प्रमुख सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार उहाँलाई निमोनिया र त्यसमाथि कोरोना आक्रमण थपिएको थियो ।

सेनापति राणाले ०४० साल जेठ २ गतेदेखि ०४४ साल जेठ २ सम्म नेपाली सेनालाई नेतृत्व प्रदान गर्नुभएको थियो । त्यतिबेला सेनाप्रमुखको कार्यकाल चार बर्षको थियो । ०४६ पछि त्यसलाई तीन बर्षमा झारिएको हो ।

दुई बर्षअगाडि पत्नीबियोग सहनुभएका उहाँको एक मात्र छोरा अरुणको एक बर्ष मुम्बईमा उपचार गराएपश्चात् क्यान्सर रोगका कारण नर्भिक अस्पतालमा भर्खर तीन साताअघि निधन भएको थियो । छोराको उपचारका निम्ति उहाँ आफै लामो समयसम्म मुम्बई बस्नुभयो ।

दिवङ्गत राणाको भोलि पशुपति आर्यघाटस्थित बिद्य्युतीय शवदाहगृहमा सैनिक सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी छ । श्रोत जन आस्था

Related Articles

Back to top button