News

कोरोना संक्रमित दाजुको मृ*त्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृ*त्यु

काठमाडौं- काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काठमाडौंका थप ७ जनामा कोरोना पोजिटिभ भेटिएको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४, शुक्रबारज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतताल महारागन्जमा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै आज ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने जम्मा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।पछिल्लो २४ घण्टामा २६ वटा प्रयोयशालामा ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएकोमा ११६ जनामा पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २५ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट बैंगलोरमा निधनभएका दाजुको निधनसंस्कार गर्न भारत पुगेर फर्किएका एक व्यक्तिको निधन भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार निधनहुनेमा रौतहटका ३६ वर्षीय पुरुष हुन् । मृतक दाजुको निधनसंस्कार सकेर भारतबाट २४ असारमा फर्किइ परुवाको क्वारेन्टाइनमा बसेका थिए । त्यस क्रममा स्वास्थ्यमा समस्या आई २९ असारमा वीरगञ्जस्थित नारायण अस्पतालमा भर्ना भएका थिए । आइसीयुमा राखिएका उनको कोभिड १९ परीक्षणका क्रममा भोलिपल्ट नेगेटिभ नतिजा आएको थियो ।

स्वास्थ्यमा निकै समस्या आएपछि उनलाई २९ असारमा आइसीयुमा राखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । समस्या बढेपछि ३१ असारमा भ्यान्टिलेटरमा राखिएका थिए । उपचारका क्रममा उनको आज अपरान्ह साँढे २ बजे निधन भएको जनाइएको छ ।

Related Articles

Back to top button