News

फेरि बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ।

यस्तै हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको निमगले जानकारी दिएको छ।

168434230_784778572162359_8236224546708853950_n.jpgundefined

Related Articles

Back to top button