News

जब मलाइकाले रेष्टुरेन्टको बाथरुमबाट निस्किएपछि पाइन्ट माथि सार्न बिर्सिइन्…

एजेन्सी । कोरोना भाइरस संक्रमणको कहरका बिच बलिउड नायिका मलाइका अरोडाले आफूमाथि घटित एक घटनाकाे किस्सा सेयर गरेकी छिन् ।

मलाईकाले लेखेकी छिन्, ‘पहिला जब मानिसहरु घरमा आउँथे तब हामीले ‘कुकुरलाई भ्याक्सिन लगाएको छ, नडराउनुस्’ भनिन्थ्यो । अब म उनीहरुलाई भन्छु ‘नडराउनुस्, हामीले भ्याक्सिन लगाइसकेका छौं ।’

मलाइकाले थपिन्, ‘हामी सबै पागल भइसकेका छौं । एकपटक एउटा रेष्टुरेन्टको बाथरुममा गएकी थिएँ । मैले कुहिनोले बाथरुमको ढोका खोलेँ । मैले आफ्नो खुट्टाले टोयलेटको सीट उठाएँ । मैले टिस्यूको मद्दतले पानीको धारा खोलेँ । आफ्नो हात धोएँ । त्यसपछि पुनः बाहिर निस्कनका लागि कुहिनोले बाथरुमको ढोका खोलेँ र जब म फर्किएर टेबलमा आएपछि मलाई महसुस भयो कि मैले आफ्नो पाइन्ट त माथि नै सार्न बिर्सिएछु ।’ योसँगै उनले हाँसेको इमोजी राखेकी छिन् ।

सन् २०२० को सेप्टेम्बर ७ मा मलाइका पनि काेभिडबाट संक्रमित भएकी थिइन् ।

Related Articles

Back to top button