Video

१० सेकेण्डको भिडियो क्लिप ८० करोडमा बिक्यो, आखिर के छ यो भिडियोमा त्यस्तो ? (भिडियो सहित)

अमेरिकी डिजिटल आर्टिस्ट बिपलको एउटा जम्मा १० सेकेण्डकेा भिडियो क्लिप झण्डै ८० करोड रुपैयाँमा बिक्री भएको छ । त्यो भिडियो झ्वाट्ट हेर्दा त्यतिधेरै रकम पर्नुपर्ने कुनै कारण देखिँदैन । तर, भिडियो यतिधेरै चर्चित भयो कि अन्ततः करोडौँमा बिक्री हुने बहुमुल्य चिज बन्यो ।

गत अक्टोबरमा मियामीका एक कलाकृति संकलनकर्ता पाब्लो रोड्रिगेजले उक्त भिडियोलाई ६७ हजार डलरमा खरिद गरेका थिए । सोही भिडियो हाल उनले ६६ लाख डलरमा बिक्री गरेका हुन् ।

वास्तवमा डिजिटल आर्टिस्ट बिपलले बनाएको उक्त भिडियोको अथेन्टिकेसन ब्लाकचेनसँग छ । यस्तोमा जोसँग यसको ओरिजिल प्रति हुन्छ उसको डिजिटल सिग्नेचरबाटै त्यो खुल्दछ । यसलाई नन फंगेबल टोकन अर्थात् एनएफटी पनि भनिन्छ ।

 

Related Articles

Back to top button