News

नेपालमा पछिल्लो २४ घन्टामा १ सय २८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा मुलुकभर थप १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार ७२७ पीसीआर परीक्षण गर्दा १ सय २८ जनामा कोरोना संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै हालसम्म मुलुकभर २ लाख ७७ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ लाख ७३ हजार १२३ जना उपचारपछि निको भइसकेका छन् । शनिवारमात्रै १ सय ६१ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार अहिले निको भएको दर ९८.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा १ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ ।

Related Articles

Back to top button