News

चालकहरूमा मापसेसँगै गाँजा र ट्बालेट सेवनको परीक्षण सुरु

काठमाडौँ, २१ : ललितपुरमा र्‍यापिड टेस्ट किटको प्रयोग गरिएको छ ।ललितपुका विभिन्न १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले र्‍यापिड टेस्ट किटको प्रयोग गरी सवारी चालकहरूमा सेवनको परीक्षण सुरु गरेको हो ।

यसअघि, मापसे चेकिङ मात्र हुँदै आएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले भनिन्, “र्‍यापिड टेस्ट किटको प्रयोगबाट हुने परीक्षणले गाँजा र ट्बालेट प्रयोग गरेको तत्काल जानकारी हुन्छ । त्यस्तो पाइए अहिले ट्राफिक नियमानुसार नै कारबाही गरिरहेका छौँ । यसबाहेक हामी ट्रयाक रेकर्ड हेर्छौँ, निरन्तर सेवन गर्ने देखिए अन्य कानुन पनि आकर्षित हुन्छ ।”
टिपर, मोटरसाइकल, ट्रकलगायत केही चालकले गाँजा सेवन गर्ने गरेको पाइएको एसएसपी बज्राचार्यले बताइन् । निरन्तर रुपमा लागुपदार्थ सेवनको परीक्षणलाई अघि बढाउने उनको भनाइ छ ।

Related Articles

Back to top button