Intresting

नेपाली सेना बन्दै हुनुहुन्छ भने, तपाईहरुका लागि आयो अत्यन्तै खुसिको खबर !

नेपाली सेना बन्ने बिचार छ भने, तपाईहरुका लागि आयो अत्यन्तै खुसिको खबर ! नेपाली सेनामा भर्ना भएपछि के कस्ता सुबिधा पाइन्छ ? यहाँ छ तलव, पेन्सनदेखि अन्य सुबिधासम्मको नालिवेली हेर्नुहोस ।

सरकारी सेवामा प्रवेश गरेपछि पाइने तलब, दुर्गम प्रोत्साहन, पोशाक र निवृत्तिभरणसहित नेपाली सेनाले बहालवाला, भूपूसैनिक र एकल महिलालाई अरु धेरै कल्याणकारी सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ । सैनिक कल्याणकारी कोषमार्फत सेनाले आफ्ना हिताधिकारीलाई थप विभिन्न सेवा–सुविधा उपलब्ध गराएको हो । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

सेवामा नियुक्त गरेकै मितिबाट प्राप्त हुने तलब भत्ता, रासन, क्लोदिङ सामान, बासस्थान, स्थानीय भत्ता, काम विशेषले खटिँदा प्राप्त हुने दैनिक तथा भ्रमण भत्ता, उमेर वा पदावधिको हदले उपलब्ध हुने सेवानिवृत्त तथा पारिवारिक निवृत्तिभरण र कर्तव्य पालनाका सिलसिलामा घाइते भएकालाई अशक्त वृत्तिलगायतका सेवा, सुविधा भने सरकारी ढुकुटीबाट उपलब्ध हुँदै आएको छ ।

औषधोपचार, उपदान, बीमा, आवास, नागरिक लगानी कोष र नागरिक कल्याणकारी कोषको सिफारिसपत्र सैनिक अभिलेख कोषबाट तयार गरी हिताधिकारीलाई सहजता प्रदान गरिएको छ ।

सैनिक कल्याणकारी कोषको रकम बहालवाला र अवकासप्राप्तको योगदान, मूलपूँजीबाट आर्जित ब्याज र लगानीबाट प्राप्त प्रतिफल हो । विसं २०३२ मा संयुक्त राष्ट्रसङ्घको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको रु एक करोड २४ लाख नगद राशिबाट स्थापना गरिएको उक्त कोषको कूल सम्पत्ति हाल रु ५८ अर्बभन्दा बढी पुगेको छ ।

हिताधिकारीका लागि सञ्चालित कल्याणकारी कार्यक्रमको प्रमुख स्रोत नै उक्त कोषको रकम हो । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

Related Articles

Back to top button