News

चितवनमा ध्रुवे हात्तीको आक्रमणबाट पाँच गैंडा गणक घाइते

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणनाका लागि खटिएका गणकमाथि जंगली हात्ती ‘ध्रुवे’ले आक्रमण गर्दा पाँच जना घाइते भएका छन् ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा उनीहरु घाइते भएका हुन् । गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाइते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिए ।

गैंडा गणना गर्नेक्रममा जंगली हात्तीले गणनामा खटिएको हात्तीलाई घेरा हाल्दा गणनामा खटिएको हात्ती डराएर भाग्ने क्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत ३५ वर्षीय विनोद श्रेष्ठ गम्भीर र दुई जना माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका ७ का ४२ वर्षका दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ निवासी ५१ वर्षका देवलाल चौधरी घाइते भएको उनले बताए । अन्य दुई जना घाइते भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेको उनले बताए ।

गम्भिर घाइते श्रेष्ठलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको र उनको ह्याम्स अस्पतालका उपचार भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । दीपेन्द्र र देवलालको जिल्ला अस्पताल मध्यविन्दुमा उपचार भइरहेको उनले बताएका छन् ।

Related Articles

Back to top button