News

‘स्वास्थ्य संकटकाल’ लागु गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्ने १० जना पक्राउ

काठमाडौं । स्वास्थ्य संकटकाल लागु गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यकालगायत देशभरका विभिन्‍न स्थानमा पछिल्लो केही दिनयता वायु प्रदुषणको मात्रा तीव्र बढेको भन्दै स्वास्थ्य संकटकाल लागु गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका वातावरण संरक्षण अभियन्ताहरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य संकटमा परेको भन्दै शुक्रबार सिंहदरबार अगाडि प्रदर्शन गर्ने १० जनालाई नियन्त्रणमा लिएर सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।

सरकारले वाषु प्रदुषणका कारण बालबालिकामा ठूलो असर पर्नेभन्दै चार दिनसम्मका लागि देशभरका विद्यालयहरु बन्द गराउने निर्णय गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले डढेलो नियन्त्रणमा आउन नसके आइतबारदेखि प्रदुषणको मात्रा फेरि बढ्ने बताएको थियो ।

Related Articles

Back to top button