News

दु’र्घटनाग्र’स्त विमानलाई रेष्टुरेन्टमा यसरी परिणत गरिने…

काठमाडौं। ३ वर्षअघि रनवेबाट चिप्लिएर दु’र्घटनाग्र’स्त भएको विमानलाई अन्ततः रेष्टुरेन्टमा परिणत गरिने भएको छ । यो विमान ३ वर्षदेखि यत्तिकै रहेको थियो । टर्कीको त्राब्जोन प्रान्तको योमरा शहरको नगर प्रशासनले तीन जना व्यवसायीले यो विमानलाई रेष्टुरेन्टमा परिणत गर्नको लागि ४ मिलियन लिरा (४ करोड ७१ लाख रुपैयाँ) लगानी गर्न लागेको बताएको छ ।

यो विमान यही सहरमा दु’र्घटनाग्र’स्त भएको थियो ।डेली सबाहका अनुसार यो रेष्टुरेन्टमा पाइड नामको खाना पाइनेछ जुन खाना ब्ल्या’क सी क्षेत्रमा निकै लोकप्रिय छ । यो विमान २०१८ को जनवरी १३ मा राजधानी अं’काराबाट त्रा’ब्जोन आएको थियो ।अवतरण गर्ने क्रममा पाइलटले नियन्त्रण गु’माएपछि विमानले रनवे छाडेर बाहिर माटोमा जो’तिएको थियो ।

विमान समुद्रबाट मात्रै २५ मिटर पर माटोमा जोतिएको थियो । दु’र्घट’नामा १६२ यात्रु र ६ जना क्रु सदस्यहरु सबै सुरक्षित रहेका थिए ।विमानलाई त्यहाँबाट निकालेर विमानस्थलमा लगेर महिनौंसम्म राखिएको थियो । त्यसपछि बीमा ब’क्पनीले यो विमानलाई बिक्रीमा राख्यो ।

योमरा नगरपालिकाले यो विमानलाई ‘मिलेट कि’राथानेसी’ बनाउनको लागि लिएको थियो । यो एक किसिमको क’फीहाउस पुस्तकालय हो र यो अवधारणा राष्ट्रपति रे’सेप तै’यप ए’र्दोगानले लोकप्रिय बनाएका थिए । अब यो विमान ३ महिनाभित्र नयाँ ठाउँमा लगिनेछ जहाँ यसलाई रेष्टुरेन्टमा परिणत गरिनेछ ।

Related Articles

Back to top button