News

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ – नेपाली बजारमा आज (विहिबार) सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ९ सयले बढेर ८६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ८५ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५० रहेको छ ।

यस्तै आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button