काठमाडौमा फेरी चिनियाँ ह्याकर सकृय, ठूलो योजनाका साथ काठमाडौ भित्रिएका यिनी यसरी पक्राउ परे
काठमाडौ । काठमाडौमा फेरी चिनियाँ ह्याकर सकृय हुन थालेका छन् । काठमाडौमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौंको ज्याठामा एटीएम ह्याक गरी पैसा निकाल्न लागेका अवस्थामा चिनियाँ नागरिक पक्राउ परेका हुन्। यस अघि पनि काठमाडौमा चिनियाँ नागरिक एटिएमवाट पैसा निकाल्दै गर्दा पक्राउ परेका थिए । ठूलो गि रो ह नै प्रहरीले पक्राउ गरेको थियो ।
अहिले फेरी चिनियाँ नागरिक सकृय हुन थालेको यो घटनाले देखाएको छ । काठमाडौं प्रहरी परिसरले मेगा बैंकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्ने प्रयास गरिरहँदा पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक २९ वर्षीय योङ छियालोङ हुन् । उनका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् । एटिएमवाट पैसा निकाल्न लागेको बारे बैंकबाट प्रहरीलाई खबर पुगेको थियो । तत्काल सकृय भएको प्रहरीले दरबारमार्ग र काठमाडौं परिसरबाट सकृयता बढायो । उनी ज्याठास्थित होटल मन्टेसको चौथो तलाको ४०५ नं कोठामा बसेका थिए।
उनी बसेको कोठा खानतलासी गर्दा १० वटा विभिन्न किसिमका चाबि, विभिन्न खालका एटीएम कार्ड १० थान, ड्रिल मेसिन, चीन, अमेरिका र नेपाली रकम लगायत बरामद भएको प्रहरीले जनाएको छ।
ती चिनियाँ नागरिक मंगलबार मात्रै नेपाल आएको अनुसन्धानवाट देखिएको छ । उनले चीनवाट नै नेपालमा होटल बुक गरेका थिए। उनले एटीएम मेसिन खोलेर सिरियल नम्बर फोटो खिचेका थिए। पैसा झिक्न भने पाएका थिएनन्। उनले धेरै बैंकमा क्षति पुर्याउने योजना देखिएको प्रहरीको अनुमान छ।