Intresting

तपाइँलाई पसिना धेरै आएर रिस उठ्छ ? हेर्नुहोस् छालाका लागि फाइदै फाइदा

गर्मी सुरु भइसकेको छ । यो समयमा कतिपय मान्छेहरुको शरीरमा बढी पसिना आउँछ । पसिनाका कारण कतिपय मानिसहरुलाई समारोहमा जान पनि कठिन पर्छ । यस्ता समस्याहरु धेरैलाई परेको हुन्छ । गर्मी मौसममा धेरैको शरीरमा पसिना आउँछ । स्वस्थ छालाका लागि पसिना आउनु जरुरी भएको विज्ञको धारणा छ ।

पसिनाले छाला तैलीय बनाउँछ र छिद्र बन्द गर्छ भन्ने बुझाई छ । यो गलत हो । पसिना नआउँदा पहिला नै भरिएको छिद्र र छालामा ब्ल्याकहेड्स बन्ने सम्भावना रहन्छ । गर्मीमा पसिना धेरै आएमा तिर्खा पनि बढी लाग्छ । पानि पनि बढी नै पिइन्छ । यसले शरीर हाइड्रेड बनाइरहन्छ र छालामा पनि फाइदा पुयाउँछ ।

यसरी नै पसिनाले छालामा पु¥याउने फाइदा निम्न अनुसार छन् ।

–पसिनाले शरीरमा भएको टक्सिन निकाल्न सहयोग पु¥याउँछ ।

–शरीरको सबै हानिकारक पदार्थ बाहिर निकाल्न मद्धत गर्छ ।

–टक्सिन पसिनाका रुपमा बाहिर ननिस्किदा छालामा नोक्सान पु¥याई ब्ल्याकहेड्स तथा तिलकोठी आउने सम्भावना रहन्छ ।

– पसिना आउँदा शरीरबाट मिनेरल्स र प्राकृतिक नुन निस्कन्छ । यसले एक एक्सफोलियटको काम गर्छ ।

–यसले रोमछिद्र सफा गरी छालामा जमेको फोहोर सफा गर्नका साथै सुख्खा छाला तथा एलर्जीको समस्या पनि कम गर्छ ।

–अनुहारमा जमेको फोहोर सफा गर्छ र पसिनाले शरीरको फोहोर तथा मृत छालाका कोषिका बाहिर निकालेर छाला सफा बनाउँछ ।

–पसिनाका कारण छालाले फ्रेस महसुुस गर्छ ।

Related Articles

Back to top button