News

अत्तरियाबाट दार्चुलाका लागि छुटेको बोलेरो बैतडीमा दुर्घटना

बैतडी । बैतडीमा बोलेरो जीप दुर्घटना भएको छ । अत्तरीयाबाट दार्चुलाका लागि छुटेको भे१च ३५११ नम्बरको जीप महाकाली लोकमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडा नजिकै दुर्घटनामा परेको हो ।

मंगलबार बिहान साढे ५ बजेतिर जीप दुर्घटना हुँदा जीप साहु समेत रहेका दार्चुलाको अपिहिमाल ५ का जनकसिंह धामीको बाँया हातमा चोट लागेको खोचलेक प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक मोतिसिंह बमले जानकारी दिए ।

जीपमा सवार अन्य दुईजना भने समान्य घाइते भएका छन् । दार्चुलाको अपिहिमाल ५ का चालक विरेन्द्र धामी भने फरार रहेका प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको बताइएको छ ।

ब्रेक फेल भएर जीप दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button