News

हेलिकेप्टरलाई कोभिडले त सतायो-सतायो अब फेरी तुवाँलोले सतायो, चार दिनदेखि काठमाडौंमा उडान ठप्प

हेलिकोप्टर व्यवसायीलाई कोरोना भाइरसको संकटमाथि तुवाँलो संकट थपिएको छ । काठमाडौंको आकासको भिजिविलिटी (हावाको पारदर्शीपन) कमजोर बनेसँगै सबै हेलिकोप्टर ग्राउण्डेड बनेका छन् । हेलिकोप्टर पाइलटको नांगो आँखाले देखेको भरमा उडाउनु पर्ने एयरक्राफ्ट हो । सोहीकारण उपकरणका माध्यमबाट उडान–अवतरण गर्न सकिने जहाजहरुले मात्र धुलाम्य आकाशका बीच उडान गर्न सकेका छन् । केहीदिन देखि लागेको तुवालोले हेलिकोप्टरको उडान–अवतरण भने प्रभावित बनेको छ । ‘कोरोनाले यसै थलिएका कम्पनी चार दिनदेखि ठप्प छन् । अहिले आकस्मिक अवस्थामा पनि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर उड्न सक्दैनन् । यस्तो अवस्थामा नेपाली सेनाको हेलिकोप्टर उडाउने गरिन्छ । हेलिकोप्टरका लागि भने नागरिक उड्डयन सम्बन्धी नियम लाग्दैन । सोहीकारण आपतकालिन अवस्थामा भने सेनाले कम भिजिविलिटीमा समेत हेलिकोप्टर उडाउने गर्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button