Intresting

सेकेन्ड ह्यान्ड मोटरसाइकल-स्कुटर किन्दा विचार गर्नुस् यी ७ कुरा

तर झट्ट नयाँ मोटरसाइकल-स्कुटर किनिहाल्न धेरैको आर्थिक अवस्थाले साथ दिँदैन। यस्ता ग्राहकका लागि सेकेन्ड ह्यान्ड दुई पांग्रे सहज भएका छन्। त्यस्तै सुरूसुरूमा चलाउनेमा पनि नयाँभन्दा सेकेन्ड ह्यान्ड नै सिकेर, राम्ररी जानेर मात्र नयाँ किन्ने सोच भएकाले यसतर्फ आकर्षित भएको पाइएको छ।

कम मूल्य, मनपरेको मोडल, फेरीफेरी प्रयोग गर्न पाइने र फाइनान्स सुविधा समेत उपलब्ध हुनाले सेकेन्ड ह्यान्ड दुई पांग्रे धेरैको रोजाइमा पर्छ।

तर सेकेन्ड ह्यान्ड मोटरसाइकल-स्कुटर विचार नपुर्‍याइ किन्दा पैसा खेर जानुका साथै सहजभन्दा सास्ती बढी हुनेछ। यसको मेकानिकल कुरा र अवस्थाबारे जानेर, बुझेर किनेमा पैसाको बचतसँगै धेरै फाइदा लिन सकिन्छ।

mreverygharbidh lab box ad 5
सेकेन्ड ह्यान्ड मोटरसाइकल-स्कुटर किन्दा ठगीमा नपरियोस् भन्न निम्न कुरामा विशेष ध्यान दिनुपर्छः

१. इन्जिनः

मोटरसाइकल-स्कुटरको मुख्य पाटो भनेको यसको इन्जिन हो। आफूले किन्न खोजेको दुई पांग्रेको इन्जिनबारे राम्ररी बुझ्नु एकदमै आवश्यक छ। इन्जिनको अवस्था बुझ्न सबभन्दा पहिले नजिकैबाट त्यसको आवाज सुन्नुपर्छ।

इन्जिनको आवाजले त्यसको अवस्था बताउँछ। आवाज ‘स्मुथ’ हुनुपर्छ। यसमा कुनै किसिमको ख्याटख्याट वा ‘डिस्टर्ब’ हुने खालको आवाज आउनु हुँदैन। त्यस्तै इन्जिनले निकाल्ने धुँवा पनि निरीक्षण गर्नुपर्छ। धुँवा सफा नभएर कालो छ भने त्यसको कार्बुरेटर बिग्रेको हुनसक्छ।

ncell in
सेतो धुँवा आएमा इन्जिनले धेरै इन्धन खान्छ भन्ने बुझ्नुपर्छ। यसमा मोटरसाइकलको बोर, पिस्टन वा रिङ बिग्रेको हुनसक्छ। कालो र सेतो धुँवा मिसिएपछि मोटरसाइकलले निलो धुँवा फ्याँक्छ। यस्तो अवस्थामा इन्जिन र कार्बुरेटर दुवैको अवस्था राम्रो हुँदैन। त्यसैले यस्ता धुँवा आउने मोटरसाइकल-स्कुटर नकिन्नु राम्रो हुन्छ।

२. ह्यान्डलः

कुनै किसिमको दुर्घटनामा परेको दुई पांग्रेको ह्यान्डल सिधा हुँदैन र यसको कोण बांगो हुन्छ। त्यसैले दुर्घटनामा परेको मोटरसाइकल-स्कुटरबाट बच्न यसको ह्यान्डल राम्ररी नियाल्नुका साथै चलाउँदा बांगो भएजस्तो हुन्छ कि हुन्न भन्ने जाँच गर्नुपर्छ।

३. गियरबक्सः

मोटरसाइकलको गियरबक्सको अवस्था बुझ्न सबभन्दा पहिले कम्तीमा पनि एक किलोमिटर जति कुदाइ हेर्ने। कुदाउँदा सबै गियर प्रयोग गर्ने र हेर्ने, कति सहज वा अप्ठ्यारो छ। त्यस्तै गियर जाम भएको छ, छैन पनि हेर्ने। मोटरसाइकल रोकेर डबल स्ट्यान्ड लगाउने र गियरबक्सको राम्ररी निरीक्षण गर्ने। गियरबक्स सामान्यभन्दा फरक लागेमा उक्त मोटरसाइकल नकिन्ने।

४.चक्काः

मोटरसाइकल-स्कुटरको चक्काको अवस्था बुझ्न यसलाई डबल स्ट्यान्ड लगाएर समतल स्थानमा राख्ने। त्यसपछि त्यसका टायर एउटै लाइनमा छ, छैन हेर्ने। दुवै टायर एकै लाइनमा छैनन् भने त्यो नकिन्दा नै वेश हुन्छ। त्यस्तै टायर कति खिइएको छ वा पुरानो भएको छ भन्ने पनि हेर्ने। टायर फेर्नुपर्ने भए फेरेर मात्र प्रयोग गर्ने।

५.क्लचः

क्लचको स्पेस १० देखि ३० मिमि मात्र हुनपर्छ। योभन्दा बढी भए इन्जिनलाई लोड पर्ने हुँदा यसमा ध्यान दिनुपर्छ। किन्नुअघि बिक्रेतालाई भनेर क्लच फेर्न लगाउन सकिन्छ।

६. कागजातः

कुनैपनि साधन किन्दा त्यसका आवश्यक कागजात राम्ररी हेर्नुपर्छ। मोटरसाइकल-स्कुटरको पहिचान हुने गरीको र आधिकारिक कागजात हो, होइन हेर्ने। त्यसका लागि ब्लुबुकमा भएको र दुई पांग्रेको च्यासिस नम्बर चेक गर्ने। त्यस्तै सवारी साधन कर, बीमा वा नवीकरण शुल्क तिरेको छ, छैन पनि हेर्ने।

७. पाटपूर्जा निरीक्षणः

सेकेन्ड ह्यान्ड मोटरसाइकल अरू पनि किन्दा थुप्रै कुरामा विचार पुर्‍याउनु पर्छ। मोटरसाइकल-स्कुटरको बाहिरी आवरण, कति किलोमिटर कुदेको छ, माइलेज, ब्रेकको अवस्था, हेडलाइट, साइड लाइट, ब्याक लाइटका साथै टायर, सक, एयर फिल्टर, डिस्प्ले, लुकिङ ग्लास, ब्याट्रीको अवस्था हेर्नुपर्छ।

त्यस्तै आरपिएम मिटर, च्यासिस, स्प्रोकेट्स, सिट, चेनका साथै सम्पूर्ण पार्टपूर्जा राम्रो परीक्षण गर्नुपर्छ। राम्ररी चेक नगरी र विचार नपुर्‍याइ सेकेन्ड ह्यान्ड मोटरसाइकल-स्कुटर किनेमा पैसा त जान्छ नै, साथै बारम्बार मर्मत गनुपर्ने, पाटपूर्जा फेरिरहन पर्ने र दुर्घटना जोखिम हुनेसम्मका समस्या भोग्नुपर्ने हुन्छ।

Related Articles

Back to top button