News

प्रेमीसंग कलेजवाट निस्केकी नर्स वेपत्ता, प्रेमी सम्पर्कमा आएर भने, ‘दिनभरी नारायणी नदि किनारमा बसेका थियौं’

काठमाडौ । कुनै समय थियो छोरीलाई डोको नाम्लो बोक्नुपर्छ, छोरी अरुको घरमा विवाह गरेर जाने जात हो भनिन्थ्यो । अहिले परिवेश फेरीयो । छोरी पनि कुनै मानेमा कमजोर छैनन् । छोरीलाई पनि पढाउनुपर्छ, अवसर दिनुपर्छ भन्ने मान्यता स्थापित भएको छ । छोरीको सपनालाई पनि अभिभवाकले आफ्नो सपना भन्छन् ।

एक परिवारले छोरीलाई आफ्नो सवै सपना पुरा गर्ने अवसर दियो । छोरी स्टाफ नर्स बन्न चाहन्थिन् । पर्सा खैरेनी नगरपालिकाकी अनु थापा नर्स बन्न चाहन्थिन् । उनी देवदह मेडिकल कलेज वुटवलमा पढ्थिन् । उनको पढाई पनि निकै राम्रो थियो । आमा पनि स्वास्थ्यमा काम गर्थिन भने बुवा घरको ब्यवस्थापन गर्थे । उनीहरु दुई दिदी वहिनी र एक भाई छन् ।

दोस्रो वर्ष अध्ययनरत उनी २०६८ मंसीर महिनामा क्याम्पस पढ्न जान्छु भन्दै घरवाट निस्किएकी अनु अहिले सम्म फर्केर आइनन् । छोरी नर्स बनेर समाजमा राम्रो नाम राख्ली भन्ने आमाबुवाको सपना थियो । तर एकाएक छोरीले सबै सपना उडाइदिइन् । अहिले पी डा बढी भयो । दिदीकै कारण अहिले बहिनीले पनि पढ्न पाइनन् । १२ पास गर्ने वित्तिकै बहिनीको विवाह भयो । अर्की छोरीलाई पनि टाढा पढाउनका लागि पठाउन सकेनन् ।

केही वर्ष खोजीमा लागे, तर कतै उनका बारेमा पत्ता लगाउन सकेनन् । यतिका वर्ष पछि फेरी उनीहरु फेला पर्लिन् की भनेर मिडियामा आएको आमाले बताइन् । घर परिवारमा पनि निकै राम्रो ब्यवहार थियो । कलेजवाट हराएपछि आमाले थाहा पाइन्, बन्दीपुरको एक केटासंग उनी नजिक थिइन् र सोही दिन उनीहरु नारायणीको किनारमा दिनभरीसंगै बसेको पनि थाहा पाएको बताइन् ।

बुटवलमा उनीहरु एक रात संगै बसेको पनि थाहा पाइयो, आमा भन्छिन्, त्यो केटालाई फेला पारेर अनुसन्धानका लागि सोधपुछ गरियो । केटाले गाडी चढाएर कलेज जाउ भनेर म फर्किएको भनेर केटाले बताएको आमाको भनाई छ । तर भारतमा खोजी गर्दा पनि युवती फेला नपरेको बताएकी छन् ।

Related Articles

Back to top button