News

यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा चितवनमा बाबु-छोरी र भतिजीको मृत्यु

डीबाट भरतपुर आउँदै गरेको यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा शनिबार साँझ बाबु-छोरी र भतिजीको मृत्यु भएको छ।

प्रहरीका अनुसार साँझ जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बसमा ठोक्किँदा ना४०प ७०८२ नम्बरको स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको हो।

दुर्घटनामा भरतपुर महानगरपालिका-६ गीतानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी (स्कुटरका चालक), सोही स्कुटरमा सवार उनकी १७ वर्षीया छोरी विनिशा अधिकारी र भतिजी १७ वर्षीया दिविशा अधिकारीको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका तिनै जनाको जिल्ला अस्पताल भरतपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थापाले बताए।

स्कुटरमा तीन जना सवार थिए।

Related Articles

Back to top button