News

दुईजना

तुलसीपुरदाङमा साढे ८ लाख बढि चन्दा माग्ने दुईजनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । दाङ बबई गाँउपालिका वडा नं. ५ हापुरेमा रहेको गौतम ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकसंग ८ लाख ६५ हजार मागेको भन्दै सोही ठाउँका १९ बर्षीय केवल भनिने कृष्ण वली र २८ बर्षीय

भाष्कर वलीलाई पक्राउ गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता चक्रडमर पालले जानकारी दिए ।उनीहरुले असार २४ गते विहान घरको मुल ढोका अगाडी वि’प्लव स’मूहको नामबाट रकम मा’गेको पत्र छो’डेका थिए ।

त्यसपछि २६ गते राती ११ बजेतिर पसल सञ्चालक ललीत गौतमको वुवा निमाकान्त गौतमलाई अ’परिचित व्यक्तिले फोन गरि माग वमोजिमको रकम दिन भनेका थिए । यदि उक्त रकम नदिएमा ज्यान मा’र्ने ध’म्की दिएका थिए ।तर, गौतमले उक्त कुरा परिवारमा जानकारी गराएका थिएनन् । उनले

अन्तिममा ५० हजार रुपैँया दिने सहमति गरेका थिए । यो कुरा प्रहरीले जानकारी पाएपछि अनुसन्धान गरेको थियो । उनीहरुको साथबाट रकम मा’ग्न प्रयोग भएको मोवाइल र सिमकार्ड समेत ब’रामद गरिएको छ ।

Related Articles

Back to top button