News
धादिङमा आफैँले लगाएको डढेलोमा परेर एकको मृत्यु
नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ।
बारीमा आगो लगाउने क्रममा बारी छेउको जंगलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिए।
ncell
आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।
शुक्रबार घटना भएको भए पनि गाउँलेले पोलिएको अवस्थामा शनिबार मात्र मनबहादुरको शव फेला पारेका थिए। रासस