Entertainment

ईदमा सलमान र जोनको फिल्म जुध्दै

एजेन्सी, ४ चैत्र । मुस्लिम धर्मालम्वीको चाड ईदमा प्रत्येक वर्ष बलिउड अभिनेता सलमान खानले नयाँ फिल्म प्रदर्शनमा ल्याउछन् । उनका प्रत्येक फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने गरेको छ । आगामी ईदमा पनि सलमानले ‘राधे’ फिल्म रिलिज गर्ने यस अघिनै घोषणा गरेका छन् ।

ईदको मौकामा अर्का नायक जोन अब्राहमको पनि फिल्म रिलिज हुने भएको छ । सलमानसँग जोनले टक्कर गर्ने भएका छन् । जोनको ‘सत्यमेव जयते २’ फिल्म इृदको अवसरमा १३ मे मा सिनेमा घरमा चल्ने भएको छ । आज जोनले एक पोस्टर सार्वजनिक गरेका छन् । उक्त फिल्ममा जोनले डबल रोलमा देखिदै छन् । फिल्मको पोस्टर शेयर गर्दै लेखेका छन्, ‘सत्य र जयको बीच मुकाबिला हुनेछ ।’ पोस्टरमा जोन प्रहरीको अफिसरको ड्रेसमा देखिएका छन् । उनीसँगै बनियान पनि पोस्टरमा देखिएका छन् । सत्यमेव जयते २ फिल्ममा मिलाप जावेरीले निर्देशन गरेका हुन् ।

सलमान खानले केही दिन अघिमात्र ट्विट गर्दै प्रतिवद्वता अनुसार राधे ईदमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएका हुन् । जोनले भने मिति नै तोकेर रिलिज मिति पुष्टि गरेका हुन् । सत्यमेय जयते २ र राधे प्रतिस्पर्धा हुने पक्का भएको छ ।

Related Articles

Back to top button