News

भेनेजुएलामा १० लाखको नयाँ नोट जारी

एजेन्सी, २२ फागुन । भेनेजुएलामा १० लाख बोलिभर (भेनेजुएलाको मुद्रा)को नयाँ नोट जारी गरिएको छ ।भेनेजुएलाको केन्द्रीय बैंकले देशमा विद्यमान भयंकर मुद्रास्फितिका बीच उक्त नयाँ नोट जारी गरेको हो । केन्द्रीय बैंकले भेनेजुएलाको वर्तमान अर्थव्यवस्थाको आवश्यकतालाई ध्यानमा राखेर त्यस्तो निर्णय गरिएको जनाएको छ ।

अगामी साताभित्र दुई लाख र पाँच लाख बोलिभरको नोट पनि जारी गर्ने योजना बनाइएको बताइएको छ । हालसम्म भेनेजुएलामा १० हजार, २० हजार र ५० हजार बोलिभरका नोट चलनमा छन्।

पछिल्लो सात वर्षदेखि भेनेजुएलाले आर्थिक संकटको सामना गरिरहेको छ। यसको कारण पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट रहेको जनाइएको छ।

Related Articles

Back to top button