Entertainment

पढ्नै नसकिने कमेन्ट आएपछि डिप्रेसनमा दीपाश्रीः ‘केही हुनबाट बचाऔं प्लीज

प्राइम टेलिभिजनमा प्रकाश सुवेदिले लिएको अन्तर्वार्तामा दीपाश्री निरौलाले राजेश हमाललाई महानायक होइन भन्ने आशय व्यक्त गरेपछि दीपाश्री विवादमा आइन । दीपालाई सामाजिक संजालमा गालिको वर्षा आइरहेको छ । पढ्न पनि नसक्ने कमेन्टहरु आइरहेको छ । दर्शकहरु दीपाको फिल्म बहिस्कार गर्ने समेत भनिरहेका छन् । विभिन्न कलाकारहरु पनि दीपाको विरोधमा उत्रीएका छन् ।

यता दीपाश्री भने डिप्रेसनमा गएको जानकारी छ । कलाकार तथा निर्देशक अशोक शर्माले दीपाश्री निरौला डिप्रेसनमा गएको बताएका छन् ।

आक्रोसित हुँदै शर्मा फेसबूकमा स्टाटस लेख्छन् (‘म आज संबेदनशील, भावुक र आक्रोसित हुदैँ यो स्टाटस लेख्दै छु । भर्खर दीपाश्री बहिनिसंग कुरा भयो । दिपा डिप्रेसनमा गैसकेको छ ।’

उनी थप्छन् (‘सुसान्त सिंह राजपुत को मुम्बई को घटना ताजै छ । हुन त मैले दिपा बहिनिलाई तिमि तेस्तो कुनै कदम नचाल, हामी सबै तिम्रो साथमा छौँ भनेर म उस्को घर तिर जादैछु । यस्को कारण के हो थाहा छ तपाइहरुलाई ? रजत पट अङ्कलको अन्तर्वार्ता पछि आएको कमेन्ट्स, जो अस्लिलता को पराकाष्ठा छ ।’

स्टाटस पढ्दा उनको आक्रोश प्रष्ट देखिन्छ -‘यस्को जिम्मेवारी त्यो अन्तर्वार्ता लिने, ती अस्लिल कमेन्ट लेख्नेहरू, ती अस्लिल troll बनाउने र अस्लिल tik tok बनाउनेहरूले लिनु पर्छ । उनीहरु लाई कानुनको दयारामा तान्नु पर्छ । दीपा लाई केहि हुन बाट बचाउन सबै कला कर्मी हरू संबेदनसिल बनौँ !’

केही समय अगाडिसम्म राजेश हमाल चलचित्र क्षेत्रमा रहेको तर अहिले नभएको तर्फ पनि दीपाको भनाइ सोझिएको थियो । चलचित्र क्षेत्रलाई आवश्यकता पर्दा हमालको उपस्थिति फितलो भएको दीपाको तर्क थियो । उनले अहिले आमजनता र चलचित्रकर्मीले नै साथ र सहयोगको अपेक्षा गरेको समयमा हमाल टिकटक बनाउन व्यस्त भएको भन्दै आलोचना पनि गरिन ।

दीपाको यो भनाईले गर्दा पढ्न पनि नसक्ने कमेन्टहरु आइरहेको छ । दर्शकहरु दीपाको फिल्म बहिस्कार गर्ने समेत भनिरहेका छन् । विभिन्न कलाकारहरु पनि दीपाको विरोधमा उत्रीएका छन् ।

यस्तैमा पत्रकार सुवेदिले भने दीपालाई तल्लो स्तरको गाली नगर्न अनुरोध गर्दै दीपाश्री निरौला र दीपकराज गिरि संगको तस्बिर आफ्नो फेसबूकमा साझेदार गरेका छन् ।

दीपाश्री कसैको छोरी र कसैकी चेली पनि हुन् भन्दै सुवेदी लेख्छन् – ‘अभिव्यक्ति स्वतन्त्रता सबैलाई हुन्छ । व्यक्त गरिएका अभिव्यक्ति प्रती टिकाटिप्प्णी गर्ने, त्यस्मा सल्लाह सुझाव दिने अधिकार पनि सबैलाइ छ । दीपा श्री निरौला एक कलाकार मात्र होइनन्, निर्देशक मात्र होइनन्, उनी कसैकी छोरी र कसैकी चेली पनि हुन ।’

उनी थप्छन् – ‘दीपासंगको मेरो सम्बन्ध भनेको दाजु बहिनीको सम्बन्ध हो । उनले ब्यक्त गरेका अभिव्यक्तिहरु बारे कार्यक्रममै समिक्षा गरौला, गरिरहेकै छु । त्यो अलग पाटो हो । तर टीका टिप्पणी गर्ने बहाना मा एउटी नेपाली चेलीमाथी गरिएको गाली गलौज त्यो पनि तल्लो स्तरमा गिरेर व्यक्त गरिएका भावनाहरु कुनै पनि दाइका लागि सह्य हुदैन । र हुनु पनि हुन्न ।’

सामाजिक संजालमा तल्लो स्तरको गाली नगर्न आग्रह गर्दै सुवेदिले थपे (‘प्रोफेशन र रिलेशन लाई सदैव अलग राख्ने मान्छे हु म तथापि एउटी बहिनी माथी गरिएका अभद्र र अशोभनीय टीका टिप्पणीले मेरो मन कुडिएको छ । रोएको छ । यसर्थ कृपया त्यस्तो टिप्पणी नगरिदिन हुन म बिनम्र अनुरोध गर्दछु ।’

सुवेदीको सोही पोस्टमा कमेन्ट गर्दै अभिनेत्री करिष्मा मानन्धरले नराम्रो कमेन्ट देख्दा र सुन्दा नराम्रो लागेको बताएकी छिन् । उनी लेख्छीन् – ‘नारिको अस्मिता भनेको उसको गहना हो ।
हाम्रो चलचित्र क्षेत्रका हामी सबै परिवार हौ । आफ्नो परिवारको चेलीबेटी माथी यस्तो नराम्रो शब्द सुन्दा ज्यादै नराम्रो लाग्छ । रह्यो आफ्नो(आफ्नो दृष्टिकोण, त्यसबारे छलफल गर्न सकिन्छ ।

सबैको अस्तित्वको सम्मान गरौँ ।’

दीपाले महानायक हमालका फ्यानसंग माफी पनि मागिसकेकी छिन् । उनले फेसबूकमा हमालसंग माफी मागेपछी आफुलाई आएको कमेन्टलाई समान्य रुपमा लिएको बताएकी थिईन् । यो संगै दीपाले अपशब्द प्रयोग गरेर कमेन्ट गर्नेलाई एक प्रश्न पनि गरेकी छिन् (‘घरमा तपाईंका दिदि बहिनीले पनि यस्तै एउटा भूल गर्दा यसै गरेर अपशब्द प्रयोग गरेर गालि गर्नु हुन्छ < ‘\ यसैबीच, चौतर्फी आलोचना भएपछि दीपाश्री निरौलाले आफ्नो फेसबुकमार्फत माफी मागेकी छन् । उनले आफ्नो फेसबु स्टाटसमा लेखेकी छन्: आदरणीय साथिहरू: भगवान रामले एउटा सामान्य नागरिकको कुरा सुनेर सीता माता लाइ जंगल पठाएको कुरा को ठूलो बिरोध भयो, स्वयं भगवान राम पनि आलोचनाका पात्र हुन पुगे !! श्री कृ्षण भगवान माथि पनि बेला बेलामा औला उठाइयो भने , मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाइ बर्षो देखि सहयोग गरेका प्राबिधिकहरू लाइ परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो बिषयमा बोलेको हूँ.. के प्रधानमंत्री, के महानायक, के कलाकार , अथवा के भगवान सबै संग गुनासो गर्न पाइन्छ , एउटा उच्च सम्मानमा बसेको मान्छे बाट केहि आशा पनि हुन्छ नै मेरो आशय त्यकि मात्रा हो !!! राजेश हमाल लाइ सुपरस्टार नै होंइन भन्ने हैसियत मेरो थिएन , छैन र हुने पनि छैन , मेरो पहिलो चलचित्रको नायक हो उहॉ, उहॉलाइ महानायको रूपमा अस्ति मात्रै पनि मुन्द्रेको कमेडि कल्बमा अत्यन्त सम्मान गरेकै छू ! हेर्न सक्नु हुन्छ ! काठमाण्डू मा पाउरोटी समेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएकि म सामान्य कलाकार हूँ , मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन ,म यो क्षेत्रमा ३० बर्ष देखि छू , टुप्पो बाट पलाएको पनि छैन .. हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो , हुनुहुन्छ र पछि सम्म रहि रहनु हुनेछ ..तर उहॉले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम पनि लगाउन सक्नु पर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहॉलाइ भगवान नै बनाउने पक्षमा म थिइन र छैन पनि …. तथापी मेरो अभिव्यक्ति ले उहॉ सुपरस्टार नै होइन भन्ने बुझिन गएको मा भने म सबै हमालज्यूको फ्यानहरू संग माफि माग्दछू र भबिष्यमा अन्तर्वार्ता दिदॉ , पत्रकार को आशय र उस्को उदेश्य बुझेर शब्द संयोजनमा सचेत भएर , जवाब दिने कोशिस गर्नेछू ! एउटा महिला कलाकार हूं , कतिपय ब्यक्तिले गर्नु भएको अत्यन्तै अशभ्य गालि, पचाउनै नस्कने आरोपहरू , सुन्न पनि हिच्किचाइनु पर्ने शब्दहरु लाइ पनि सामान्य रूपमा नै लिएको छू किनकि म त कलाकार हूँ, हामिले सहनू नै पर्छ .. एउटा प्रश्न चाहि उब्जिएको छ मनमा , घरमा तपाइका दिदि बहिनीले पनि यस्तै एउटा भूल गर्दा यसै गरेर अपशब्द प्रयोग गरेर गालि गर्नु हुन्छ ? अब मलाइ साच्चिकै माया गर्ने , मेरो त्रुटिमा मन दुखाउने र सूझाबहरू दिने आदरणिय महानुभाव हरू प्रति त म सधै झै नतमस्तक छू मेरो कारणले मन दुखेंको होला क्षमा चाहन्छू है ? यता महानायक राजेश हमालले दीपाश्रीलाई ईतिहास पढ्न सुझाएका छन् । कोरोना भाइरसको असर र लकडाउनले चलचित्र उद्योगका गतिविधी ठप्प रहे पनि गसिप र विवादका विषय भने यतिबेला चर्चामा छन् । त्यसमा पनि केही समय अघि एक टेलिभिजन अन्तर्वार्तामा कलाकार तथा निर्देशक दीपाश्री निरौलाको कटाक्ष संवाद यतिबेला भाइरल बनेको छ । निरौलाले प्रसंगबस अभिनेता राजेश हमाललाई कटाक्ष गर्न पुगिन् । उनले नेपाली फिल्म उद्योगमा अभिनेता राजेश हमालको उपस्थिति शून्य रहेको भन्दै हमालले पाएको उपाधी ९ट्याग० माथि नै प्रश्न उठाएकी थिइन् । उनले महानायकको उपाधीमाथि धावा बोल्दै भनेकी थिइन्, ‘महानायक पनि हुनुहुन्छ र रु’ दीपाले थपेकी थिइन्, ‘उहाँलाई महानायक बनाईयो, त्यसमा पनि अहिले हमाल हुनुहुन्छ जस्तो लाग्दैन । हो, हिजो उहाँ हुनुहुन्थ्यो तर आज हुनुहुन्छ जस्तो त लाग्दैन ।’ दीपाश्रीले बलिउडको उदाहरण दिदै थपेकी थिइन्, अमिताभ बच्चन त आज पनि अभिनयमै हुनुहुन्छ । तर, राजेश दाई खोइ रु’ दीपाश्रीले अर्कातर्फ हमालले आफ्नो पालामा जस्तासुकै फिल्ममा अभिनय गर्ने तथा गुणस्तरमा ध्यान नदिएकाले नेपाली चलचित्र उद्योगको अवस्था अझै गुणस्तरीय बन्न नसकेको धारणा व्यक्त गरेकी थिइन् । उक्त भनाई बाहिरिए पछि यतिबेला दीपाश्री निरौला चौतर्फी आलोचनाको पात्र बनेकी छिन् । हुन त समय समयमा राजेश हमालले पाएको उक्त ट्यागका विषयमा विवाद नभएको होइन । तथापि उनले चलचित्र उद्योगका लागि पुर्‍याएको योगदान र नेपाली चलचित्र क्षेत्रका लागि खर्चिएको समयलाई भने कम आँक्न मिल्दैन । यस विषयमा महानायक हमालले पनि आफ्नो २५ वर्ष लामो अभिनय यात्राले नै नेपाली चलचित्र उद्योगको आधार तयार गरेको हुँदा पछिल्लो समयमा आएर आफ्नो आलोचना गरिनु हाँस्यास्पद रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो करियरको सुरुवातमा नेपाली चलचित्र उद्योगको जुन अवस्था थियो, त्यो आफैंमा मनन योग्य छ । एक पछि अर्को चलचित्र बन्ने आशा समेत शून्य भएको समयबाट करियर सुरु गरेको र पछि कयौं फिल्ममा अभिनय नगरेको भए हाम्रो सिनेमा उद्योग यहाँ सम्म आइपुग्नेमा शंका थियो ।’ महानायक हमालले आफूले हरेक चलचित्र निर्माता तथा निर्देशकको आग्रहलाई स्वीकार गर्दै, अधिकांश चलचित्रमा समय दिएर नै थुप्रै चलचित्रकर्मीहरूको जन्म भएको र थुप्रै चलचित्रकर्मीहरूले स्थान पाएको कुरा भुल्नु भनेको अध्ययनको अभाव रहेको उल्लेख गरेका छन् । विशेष गरेर कलाकार तथा निर्देशक दीपाश्रीको अभिव्यक्तिलाई केन्द्रमा राखेर हमालले भनेका छन्, ‘मलाई लाग्दैन कि, त्यो बेला धेरै चलचित्रमा काम गरेर वा म आफूले छनोटका आधारमा चलचित्रमा काम गरेर गल्ति गरेँ । बरु जसले मेरो विरोधमा आवाज उठाउनु भएको छ, उहाँ आफैंले सोेचे हुन्छ कि, त्यो बेला हमालले चलचित्र वा कलाकार छनौट गरिदिएको भए चलचत्रि ‘गाँउले’ र गीत ‘गोलीशिसा’मा उहाँले अवसर पाउने अवस्था हुन्थ्यो जस्तो लाग्दैन । आज उहाँको परिचयको परिधी यति वृहत बन्थ्यो जस्तो लाग्दैन । ’ नेपाली चलचित्र उद्योगका लागि हिजो, आज र भोलि सधैं सकारात्मक रहेको र आवश्कता अनुसार आफ्नो उपस्थिति कायमै रहने बताउँदै हमालले कोही कसैले व्यक्तिगत कुण्ठा पोख्ने वा अरूलाई होच्याउने कार्य नगर्न आग्रह गरेका छन् । यससँगै बरु अरुको कुरा काट्न भन्दा पनि आफू कसरी माथि जान सकिन्छ वा कसरी राम्रो गर्न सकिन्छ रु त्यसको बारेमा सोच्न सल्लाह दिएका छन् । हमालले पछिल्लो समय नेपाली चलचित्र उद्योगमा बहसको विषय बेनेको ‘नेपोटीजम’का बारेमा पनि आफ्नो धारणा राखेका छन् । उनले हलिउड, बलिउड जस्ता उद्योगलाई केन्द्रमा राखेर नेपाली चलचित्र उद्योगलाई तुलना गर्न नमिल्ने बताँउदै नेपोटीजम जस्ता विषय पनि नेपालमा खासै हावी भइनसकेको उल्लेख गरे । उनले प्रतिभाका आधारमा कलाकार वा मानवस्रोतको छनौट गरिनु स्वाभाविक रहे पनि नेपालमा नेपोटिजमको बहसले स्थान लिइहाल्नु पर्ने अवस्था नरहेको बताए । यता, कोरोना भाइरसले थलिएको लचचित्र उद्योगलाई उकास्न सम्पूर्ण चलचित्रकर्मीले फरककोणबाट सोच्नु पर्ने बेला आएको हमालको भनाइ छ । उनका अनुसार अब, चलचित्र उद्योगमाथि लैजाने भन्दा पनि यसलाई कसरी बचाउने त्यस तर्फ ध्यान जानु पर्छ । सानु समूहमा रहेर वा सानो बजेटमा चलचित्र निर्माण गर्ने तथा प्रदर्शनका विकल्पको खोजी गर्दै चलचित्र उद्योग बचाइराख्नु पर्ने हमालको भनाइ छ । उनले भनेका छन्, ‘इतिहासलाई हेर्ने हो भने, विभिन्न कालखण्डमा धेरै उतारचढाव भोग्दै अघि बढेको नेपाली चलचित्र उद्योग धैर्य गरे फेरि पनि विस्तारै उठ्नेमा आशाबादी रहनुको विकल्प छैन ।’ केन्दूविन्दु टक सोमा कुरा गर्दै हमालले अझै पनि आफ्नो कलाकारिताको भोक नमिटिएकाले फेरि पनि अभिनयमार्फत ठूलो पर्दामा फर्कने संकेत गरेका छन् । लाखौं प्रशंसकको चाहना पनि त्यही भएको तर अब नयाँ मोडबाट नयाँ स्वादमा रहेर चुनौति बेहोर्दै अघि बढ्ने हमालको भनाइ छ

Related Articles

Back to top button